Lite Nepal

बुधबार, मंसिर १७, २०७७

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ ।

तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।

हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका एक नेताले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं