Lite Nepal

मंगलबार, माघ २०, २०७७

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ ।

संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो ।

प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल स्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको वैठक बस्ने बताइएको छ ।

देशरभरबाट नेतृत्व गर्दै प्याब्सन केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी, सल्लाहकार र कार्यसमितिका सदस्यगरि १ सय ५० जनाको सहभागिता रहने प्याब्सनले जनाएको छ ।

विराटनगरमा बस्ने बैठक कोभिड–१९ ले निजी विद्यालयहरुमा पारेको प्रभावको न्यूनिकरण, विद्यार्थीहरुको अध्ययनमा पारेको प्रभावको न्यूनिकरण कसरी गर्ने भन्नेमा केन्द्रित रहने प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताउनुभयो ।

यस्तै चालु शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिकसत्रको प्रारम्भ कहिले गर्ने भन्नेलगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं