कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने

पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ

Lite Nepal

बुधबार, बैशाख १५, २०७८

काठमाडौं । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक दिउसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए ।

कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो । चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् । पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं