Lite Nepal

बुधबार, बैशाख १५, २०७८

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना मोरङ र अर्का एक जना झापाका छन्।

मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको बिहान ३स्४५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भर्ना गरिएका मृतकमा निमोनियाको पुरानै समस्या रहेको जानकारी दाहालले दिए।

त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा नोबेलमै मृत्यु भएको छ। कोरोना देखिएपछि वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए।

मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ। दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको दाहालले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं