Lite Nepal

बुधबार, बैशाख १५, २०७८

विराटनगर । गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ुपुलु मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए।

यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ुभेरिफाइड भएकाले बीमा रकम पाउँछन्, असार मसान्तपछि यो योजना स्वतः खारेज भएको मानिन्छ।ु

नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले असार मसान्तपछि संक्रमित हुनेले कोरोना बीमा दावी गर्न नसक्ने बताए।

ुअसार मसान्तसम्म संक्रमित हुनेले रकम पाउने छन्, त्यसपछि संक्रमित हुनेलाई भुक्तानी हुने छैन,ु पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या एकदमै कम रहेको उनले बताए।

त्यस्तै आगामी असारपछि कुनै पनि किसिमका कोरोना बीमा योजना सञ्चालन पनि नहुने भएका छन्।

ुअसारपछि कोरोना बीमाको सम्पूर्ण योजना समाप्त हुन्छ। त्यसपछि नयाँ कोरोना बीमाका योजना पनि आउँदैन,ु समितिका कार्यकारी निर्देशक पौडेलले सेतोपाटीसँग भने।

उनका अनुसार कोरोना बीमा सम्बन्धी मापदण्डमा नै असारसम्म मात्रै लागू हुने गरी स्पष्ट व्यवस्था गरिएको छ। तर आवेदन दिएर प्रमाणित भइसकेकालाई भने क्रमिक रूपमा रकम भुक्तानी गर्दै लगिनेछ। हाल कोरोना बीमाको भुक्तानी दायित्व सरकारमा सरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं