Lite Nepal

बुधबार, बैशाख २२, २०७८

विराटनगर । तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा विराटनगर महानगरपालिकाको बरगाछीमा रहेको आइलन (स्तम्भ) मंगलबार राति भाँचिएको छ । ना ७ ख १४३७ नम्बरको खाली ट्रकले ठक्कर दिँदा रड, सिमेन्ट र इँटा प्रयोग गरेर नौ वर्षअघि बनाइएको आइलन भाँचिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीव्र गतिमा रहेको ट्रक सिधै ठोक्किँदा आइलन भाँचिएर सडकको बीचमै पल्टिएको थियो । तर कोसी लोकमार्गमा सवारी सञ्चालनमा भने कुनै अवरोध पुगेन । आइलनमा ट्रक ठोक्किँदा विष्फोट भएजस्तो ठूलो आवाज आएको स्थानीयले बताए ।

दुर्घटनामा परेर ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–६ का २५ वर्षीय पदम ढुंगाना सामान्य घाइते भएका छन् । प्रहरीले नियन्त्रणमा लिएर कोसी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनले मादक पदार्थ सेवन ९मापसे० गरेको पुष्टि भएको छ । उनको साथमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० पनि नभएको प्रहरीले जनाएको छ ।

डीएसपी राईले बिना लाइसेन्सका चालकले मापसे गरेर तीव्र गतिमा चलाएको ट्रकले नियन्त्रण गुमाएका कारण दुर्घटना हुँदा आइलनमा पूर्ण रुपमा क्षति पुगेको जानकारी दिए । विराटनगर–५ मा रहेको उक्त आइलन लायन्स क्लब अफ विराटनगरले बनाएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले बरकै रुखजस्तो देखिने आइलन सडकको बीचमा निर्माण गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं