Lite Nepal

बुधबार, बैशाख २२, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ३२ जनामा कारोना भाइरस पुष्टि भएको छ । १ सय ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १४ महिला र १८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

ताप्लेजुङका कोभिड फोकल पर्सन प्रतिमा खरेलका अनुसार २ जनाको रिपोर्ट आउन बाँकी छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको खरेलले बताइन् ।

यसअघि १९ जना सक्रिय संक्रमित थिए । बुधबार पाथीभरा क्याम्पस लाइन, अस्पताल र खोक्लिङमा संकलन गरेर पठाइएको स्वाबको नतिजा आएको हो ।
फुङलिङ बजारको तोक्मेक्षेत्रका ५८ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

वैशाख ९ गतेयता जिल्लामा कोरोनाबाट तीनजनाले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं