Lite Nepal

शुक्रबार, बैशाख २४, २०७८

विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

प्रदेश १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको विहीबार बसेको बैठकले निर्णय गर्दै जिल्ला अस्पताल ताप्लेजुङका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालयका लागि ५ लाख बजेट निकासा गरेको हो ।

जिल्ला अस्पतालका लागि निकासा भएको १५ लाख बजेटबाट अस्पतालले आइसोलेसन स्थापना, संचालन तथा उपचार सेवा सम्बन्धी खर्च गर्ने छ भने प्रशासनले ५ लाख रुपैयाँ होल्डिङ् सेन्टर संचालन तथा व्यवस्थापनमा खर्च गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं