भीमेश्वर मन्दिरको शिलामा १९ औं पटक आयो ‘पसिना’ अब के होला अनिष्ठ ?

गत वर्ष सवा घण्टासम्म पसिना आउँदा कोरोना भित्रिएको विश्वास

Lite Nepal

शनिबार, बैशाख २५, २०७८

दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ। एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन्। गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ।

शनिबार मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ। भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९ औं पटक पसिना आएको बताए। भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन्। भीमेश्वरलाई पसिना आउँदा घण्टा, नगरा, झ्याली, बाजा बजाएर क्षमा पुजा गर्ने चलन भएपनि सरकारले लगाएको निषेधाज्ञाको कारण नबजाइएको समितिले जनाएको छ।

थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ। राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पुजाको लागि पञ्चवली पठाउने चलन रहेको थियो।

यसअघि २०६२र०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा वीरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। २०७४ असोज १० गते आएको पसिना पछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं