Lite Nepal

मंगलबार, बैशाख २८, २०७८

काठमाडौँ । चीनले कोरोना संक्रमण रोकथामका लागि भन्दै सर्वोच्च शिखर सगरमाथामा सीमारेखा बनाउने भएको छ ।

चीनले सगरमाथामा तिब्बत र नेपाललाई छुट्याउने रेखा कोर्ने तयारी गरेको चिनियाँ सरकारी मिडियाले जनाएका छन् । नेपाल तर्फ सगरमाथाको आधार शिविरसम्म आरोहीहरुलाई नै कोरोना संक्रमण पुष्टि भएपछि चीनले यस्तो तयारी गरेको हो ।

यसअघि नेपालको पाटोबाट सगरमाथा आरोहण गरिरहेका आरोहीहरुलाई कोरोना संक्रमण भएको बताइएको थियो । सगरमाथाको आधार शिविरसम्मै कोरोना फैलिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले समेत प्रशारण गर्न थालेपछि चीनले कोरोना रोकथामका लागि तयारी थालेको हो ।

चिनियाँ मिडियाका अनुसार तिब्बती पर्वतारोहण पथ प्रदर्शक टोलीले छिट्टै सगरमाथामा चढेर नेपालसँग छुट्टिने सीमा रेखा खडा गर्नेछ । उक्त टोलीमा २१ जना चिनियाँ रहेको बताइएको छ । चीनले गत वर्षदेखि नै कुनै पनि विदेशीलाई तीब्बती पाटोबाट सगरमाथा आरोहण गर्न अनुमति दिएको छैन ।

२०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाभाइरस हाल सिंगो विश्व समुदायमा फैलिसकेको छ । चीनले भने प्रारम्भिक चरणमा नै कोरोना रोकथामका प्रभावकारी उपाय अपनाउँदै नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं