Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सासू र बुहारीलाई पनि सम्मान र पुरस्कृत गर्ने योजना बनाउँदै बजेट ल्याउने भएको छ ।

विहीबार प्रदेश १ संसदमा प्रदेश प्रमुखद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा यो विषयलाई पनि समेटिएको छ ।

प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ‘आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सासू बुहारी सम्मान तथा पुरस्कार कार्यक्रम संचालन गर्ने छ, हामीलाई जन्मदिने आमाहरुप्रति हार्दिक सम्मान गर्दै यो कार्यक्रम ल्याउन लागिएको हो ।’

दुर्गमभेगमा रहेका अतिविपन्न परिवार र समुदायबाट समाजमा महत्वपुर्ण योगदान पुर्याएका आमाहरुलाई सम्मान गर्न राष्ट्रपति आमा सम्मान कार्यक्रम लागु गरिने र सँगै सासू बुहारी सम्मान तथा पुरस्कार कार्यक्रम संचालन गरिने प्रदेशका नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं