Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

झापा । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानीका लागि गोप्रो क्यामेरा जडान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको गोप्रो क्यामेरा जडान गरिएको जनाएको छ ।

अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र प्रभावकारी बनाउन यो प्रविधि उपयोगी हुने सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए ।

हाल गणले दुई थान गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा क्यामेराको प्रयोगले सहयोग पुग्ने उनको विश्वास छ ।

सशस्त्र प्रहरीको प्रविधिमैत्री र सक्रिय परिचालनले सीमावर्ती क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति बढाएको जनाइएको छ । शान्ति–सुरक्षा कायम गर्न स्थानीय बासिन्दाले समेत सशस्त्र प्रहरीलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं