Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडी २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएको भिडिओ सार्वजनिक भएको छ । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् । उनीहरुले एक भिडिओ बनाउँदै भनेका छन्— ‘हामीलाई रुकुम घटना दोहोरिन सक्छ भनेर परिवारले भनेका छन् ।’

 

 

प्रकाश–मालती फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको गरेका छन् । विवाह गरेलगत्तै मालतीका आफन्तले प्रकाशलाई मारिदिने, घर जलाइदिने चेतावनी दिएपछि आफूहरु जंगलमा गएर बस्न बाध्य भएको प्रकाशले भिडिओमार्फत बताएका छन् । कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडिओ सार्वजनिक गरेका हुन् ।

दलित अभियन्ता तथा अध्येता जेबी विश्वकर्माले भिडिओ ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् । भिडिओसार्वजनिक भएपछि केही दलित अभियन्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं