Lite Nepal

मंगलबार, भाद्र १६, २०८३

काठमाडौं । राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र मृतकको शव वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न आग्रह गरिएको छ।

भौतिक संरचनाको पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच आवश्यक समन्वय गर्न पनि राष्ट्रिय सभाले आग्रह गरेको छ। त्यस्तै, स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई बाढी प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न अपिल गरिएको छ।

विपद्को समयमा राष्ट्रिय एकता कायम राख्दै भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन पनि प्रस्तावमार्फत आग्रह गरिएको छ। सभाध्यक्ष दाहालले प्रस्तुत गरेको उक्त विशेष प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं