Lite Nepal

मंगलबार, भाद्र १६, २०८३

काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै भत्किने जोखिममा रहेकाले ठूलो सम्भावित खतरा निम्तिन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। सीसीटीभीका अनुसार, दक्षिण(पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीसम्बन्धी विपद्का सम्पूर्ण जोखिमको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ।

रिमोट सेन्सिङ तस्बिरहरूको हालै गरिएको तुलनात्मक विश्लेषणअनुसार, ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतह क्षेत्रमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५स्४५ बजे खिचिएको ड्रोन तस्बिरका आधारमा नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानीको अधिकांश भाग बगेर निकास भइसकेको छ। तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य रहेको बताइएको छ।

यद्यपि, क्रेटर वरपर रहेका हिमनदी वा हिमखण्ड भत्किने जोखिम भने अझै कायमै रहेको रिपोर्टमा उल्लेख छ। यसका कारण तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिम उत्पन्न हुन सक्ने भएकाले अवस्थाको निरन्तर निगरानी र मूल्याङ्कन भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं