Lite Nepal

शनिबार, साउन ०२, २०७८

विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ३४, झापामा २३, धनकुटामा ६, भोजपुर, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ५५, बराहक्षेत्रमा २४, इटहरीमा ३, दुहवीमा १ र स्थानीय तह नखुलेका ९, मोरङको विराटनगरमा २२, पथरीशनिश्चरेमा ७, केराबारी, बेलबारी, उर्लाबारी, कटहरी र सुन्दरहरैचामा १–१, झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, दमकमा ४, धनकुटाको धनकुटा नगरपालिकामा र पाख्रिवासमा २–२, छथर र चौवीसेमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको चौदण्डीगढी र ते¥हथुमको लालीगुराँसमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं