Lite Nepal

शुक्रबार, आषाढ ३१, २०७९

काठमाडौं – अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप ९जेवाईएनएनईओएस० को एक लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ ।

मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं