Lite Nepal

सोमबार, पुष २५, २०७९

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् । माओवादी केन्द्र बिना नै ३ जनाले शपथ ग्रहण गर्ने भएका हुन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् । मेन्याङ्बो र लिम्बु ताप्लेजुङबाट निर्वाचित भएका हुन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीका अनुसार मन्त्रीलाई मन्त्रालय तोकिएको छैन ।

नेकपा एकीकृत माओवादीले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं