Lite Nepal

शनिबार, पुष ३०, २०७९

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा शुक्रबार साँझ भीषण आगलागी भएको छ । बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु भएको आगलागीले बजारका ६ वटा घरमा क्षति पुगेको छ ।

आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा निभाइएको थियो । घटनामा दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनकाअनुसार सन्तोष राई र झमक थापाको घर पूर्णरुपमा क्षति पुगेको छ ।

होमबहादुर थापा, डिकबहादुर खड्का, अर्जुन घिमिरे र डम्बरबहादुर थापाको घर आंशिक क्षति पुगेको हो । क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं