Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले आईतबार एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय विराटनगरका अनुसार प्रदेश औद्योगिक ब्यवसायका सम्बन्धमा बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथख तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश नं १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, र प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण भएको हो ।

हालसम्म प्रदेश सरकारले ४९ वटा विभिन्न विधेयक पारित गरिसकेको छ । प्रमुख प्यासीले पदभार ग्रहण गरिकन हालसम्म विभिन्न ११ वटा विधेयक प्रमाणीकरण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं