Lite Nepal

सोमबार, चैत्र ०६, २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमान तोडेको बताएका छन्।

सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको बताएका हुन्।

‘यसपटक हामीले वापन्थीसहितको सरकार बनाउन चाहेका थियौँ। उहाँलाई त्यो सह्य भएन। प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो। प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु ठिक होइन। तर, उहाँ इमानमा रहन सक्नुभएन। उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो। राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो,’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले वैदेशिक सम्बन्ध अविश्वनीय बनेको बताए। प्रधानमन्त्री प्रचण्डलाई विश्वास भए गठबन्धनका स्वार्थीहरूले भोट दिने बताए।

‘प्रधानमन्त्रीजीमाथि विश्वास छ भने गठबन्धनका स्वार्थीहरूले भोट देलान्। हामीलाई कुनै स्वार्थ छैन। झुक्नु छैन्। लतारिनु पनि छैन। उहाँमाथि विश्वास छ भन्ने कुरामा हामी लतारिनुपर्दैन,’ उनले भने, ‘हामीलाई उहाँमाथि विश्वास छैन। तसर्थ हामी उहाँलाई विश्वासको मत दिँदैनौँ।’

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिन लागेका हुन्।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं