Lite Nepal

मंगलबार, साउन २७, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए ।

तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ स्थिती नियन्त्रणमा छ ।’ ट्रम्पले पत्रकारलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको जानकारी दिए ।

उनका अनुसार यो घटनापछि कसैलाई अस्पताल पुर्याइएको छ । उनले यसलाई एक असामान्य स्थिती भएको तर सिक्रेट सर्भिसका मानिसहरुले व्यावसायिक तरिकाले आफ्नो काम गरेको भन्दै तारिफ गरे ।

ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको थियो । यस्तो लाग्छ कि स्थिती पूर्ण रुपमा नियन्त्रणमा छ । तर साँच्चै नै गोली चलेको थियो र कसैलाई अस्पताल पुर्याएएको छ । मलाई ती व्यक्तिको स्थितीबारे थाहा छैन ।’

उनले थपे, ‘कोही गलत उद्देश्यसहित आए नआएको बारे मलाई थाहा छैन, सायद योसँग मेरो कुनै लेनदेन छैन ।’ उनले भने, ‘दुनियाँ यस्तै छ, यो दुर्भाग्यपूर्ण हो । तर संसार सधैं एक खतरनाक स्थल रहेको छ । यो कुनै अचम्मको कुरा होइन ।’

उनका अनुसार उनलाई घटना पछि पत्रकार सम्मेलन भइरहेको कोठाबाट बाहिर निकालेर उनको अफिसको सुरक्षित स्थानमा पुर्याइएको थियो । उनीसहित अर्थमन्त्री र एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो ।

स्रोतः बीबीसी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं