Lite Nepal

बिहिबार, साउन २९, २०७७

विराटनगर । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै विराटनगर महानगरपालिकाले ‘लकडाउन’को अवधि एक सातालाई थप गरेको छ।

महानगरले यसअघि साउन १६ गतेबाट दुई सातालाई ‘लकडाउन’ गरेको थियो। शुक्रबार अघिल्लो ‘लकडाउन’ को समयअवधि सकिँदै गर्दा महानगरको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बिहीबार बसेको बैठकले पुनः एक साता ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

पहिलो पटक ‘लकडाउन’ गर्दा विराटनगरमा संक्रमित संख्या १०८ मात्रै थियो। तर ‘लकडाउन’ गरेपछि ४१५ पुगिसकेको छ। ‘लकडाउन’का बीचमा मात्रै तीन सय सात जना संक्रमित थपिएका छन्।

मेयर भीम पराजुलीले ‘लकडाउन’ खुकुलो हुँदा संक्रमण बढेर अवस्था थप भयावह बन्ने आंकलन गर्दै समय एक साताका लागि थप गरिएको जानकारी दिए। उनका अनुसार शुक्रबारबाट ‘लकडाउन’ भदौ ५ गतेसम्म रहने छ।

हाल महानगरका संक्रमितमध्ये ४९ जना होम आइसोलेसनमा र ५० जना महानगरले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन्। दैनिक संक्रमित बढेर अवस्था भयावह बन्दै गए पनि मेयर पराजुलीले भने संक्रमण नियन्त्रणका लागि ‘लकडाउन’ प्रभावकारी भएकाको दाबी गरेका छन्। अघिल्लो ‘लकडाउन’ प्रभावकारी भएकाले त्यसको समय एक साताका लागि गरिएको उनको भनाइ छ।

विराटनगरमा कोरोनाले पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा विराटनगर-९ का दुई, ३, ५ र १० नम्बरका एक÷एक पुरुष छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं