Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सितारमणको निमन्त्रणमा उनी भारत जान लागेका हुन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी सितारमणसहित उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन्।

उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीपछि अर्थमन्त्री वाग्लेको यो पहिलो विदेश भ्रमण हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं