Lite Nepal

मंगलबार, माघ ०१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्वले सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।

माघे संक्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गर्ने उनको भनाइ छ । माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा आज (मंगलबार) शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले पर्वहरुले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने उल्लेख गरे ।

‘हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबीच एकता बढाउँदै यो पर्वले सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु । कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध छ,’ उनले भने ।

माघे संक्रान्तीकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाई समृद्ध बनाएको समेत उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं