Lite Nepal

बुधबार, माघ २३, २०८१

काठमाडाैं । प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ। काउन्सिलले आइतबार एक विज्ञप्ति जारी यस्तो सूचना दिएको हो।

यस्तै काउन्सिलले विगतमा कालोसूचीमा राखी कारबाही गरेका चार वटा सञ्चारमाध्यमको कारबाही फुकुवा गरेको छ। जसमा टिभी अन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको जनाएको हो।

काउन्सिलका सूचना अधिकारी सह प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिअनुसार चालु आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चार माध्यमले क्षमा याचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कालोसूची फुकुवा गरेको छ।

काउन्सिलको निर्देशन अवज्ञा गर्ने ६ वटा सञ्चार माध्यम एबिपी क्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपाल कथा डटकमलाई कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ। यीमध्ये एबिपी क्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने काउन्सिलको सूचीकरणबाटै हटाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं