Lite Nepal

मंगलबार, आश्विन २२, २०८१

ढोरपाटन । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।

दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको रु १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु १० लाख अनुदान गरी रु २४ लाख लगानी भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए ।

‘परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्’, उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं