Lite Nepal

शनिबार, फाल्गुण ०३, २०८१

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।

मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् । केसीका अनुसार पौडेलको हातमा र अनुहारमा आगोले असर गरेको छ । मेयर आचार्यलाई भने आगोको बढी असर परेको उनले जानकारी दिए ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा झिरझिरेको आगोले टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोट र टोपीमा आगोको झिल्का लागेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं