
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० खर्बको कारोबार भइरहेकोमा बुधबार घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो। बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो […]
विराटनगर । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाहशाखाले जनाएको छ । सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । बालुवाटारमा […]
काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने […]
ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका–१ का ७७ वर्षीय वृद्धको जेठ २७ गते मृत्यु भयो। महिना दिनदेखि ज्वरो र खोकीले थलिएका उनको घरमै मृत्यु भएको हो। घरका अरू सदस्य पनि वृद्धलाई जस्तै ज्वरो र रुघाखोकीले बिरामी परेका थिए। वडा कार्यालयको तथ्यांकअनुसार जेठ १९ यता वडाका ६ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमा ७ वर्षदेखि ९९ वर्ष उमेरका […]
विराटनगर । प्रदेश १ सरकारले मनसुनको सुरुवातसँगै उत्पन्न हुनसक्ने प्राकृतिक विपत्तिको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विपत पूर्वतयारी थालेको छ। मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप शुरु भएलगत्तै प्रदेश १ सरकारले पनि विपत पूर्वतयारीका लागि आवश्यक तयारी थालेको हो । प्रदेश १ का तराईका जिल्लाहरुमा बढी र डुबान तथा पहाडी र […]
विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका […]
विराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशको आफ्नै आम्दानी बढाउन स्रोतको खोजी थाल्ने जनाएको छ । आर्थिक अवस्था बलियो बनाई प्रदेशको विकासमा लाग्नका लागि नयाँ स्रोतको खोजी गर्ने बारेमा विज्ञ टोली बनाएर स्रोतको पहिचान गरिने जनाएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ का आर्थिक मामिला तथा […]
ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको बताए पनि अस्पतालले आर्थिक वर्षभित्रै प्लान्ट स्थापना गर्न नसक्ने जनाएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिम लामा अहिलेसम्म बजेटको सुनिश्चितता नभएको, मन्त्रालयले दररेट नदिएको र टेन्डर गर्ने समय नभएको बताउँछन् । अर्थ मन्त्रालयले जेठ ६ गते जारी गरेको सूचनामा ताप्लेजुङ […]
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् । बजेट ल्याएको भोलिपल्टै उनले आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । बजेटको प्राथमिकता र कार्यान्वयनका विषयमा जानकारी दिन उनले पत्रकार सममेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रदेश १ ले चालु आर्थिक वर्षको तुलनामा बजेट […]