काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिने बस्नेतविरुद्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ […]
काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ। १३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक […]
ताप्लेजुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उद्घाटन गरेकी छिन् । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने […]
विराटनगर । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक […]
काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष […]
विराटनगर । डेढ दशकअघिसम्म प्रदेश १ का १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुन्थ्यो । त्यस बेला साढे १६ लाख टनसम्म धान उत्पादन भएको तथ्यांक छ । अहिले ३ लाख १२ हजार हेक्टरमा धान खेती सीमित हुँदा उत्पादन घटेर १२ लाख टनमा झरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका […]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज ९आइतबारदेखि० सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी बहस सुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको हो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् । जवाफी बहसमा नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ […]
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नक्सा प्रकाशित गरेपछि पार्टी भित्रैबाट आफूविरुद्ध चलखेल भएको आरोप लगाएका छन् । बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् । ‘नेपालको भू–भाग समेटेर नक्सा प्रकाशित गरेपछि, नक्सालाई बहुमतले संविधानमा अनुसुचीकरण गरेपछि उहाँहरु आत्तिनुभयो,’ उनले भने, ’अनि प्रधानमन्त्री हट्नुप¥यो । अध्यक्ष […]
विराटनगर । प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक अन्यत्र यो कार्यक्रम लागू भइसकेको छ । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना […]
फुङ्लिङ । कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग पाँच करोड रुपैयाँको लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिको […]