६० लाख रुपैयाँको लागतमा बनिरहेको सुँगुर आकृति विवादमा

इटहरी । उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन एउटा मूर्तिले यो साता चर्चा पायो। ६० लाख रुपैयाँको लागतमा बनिरहेको उक्त सुँगुर आकृतिको मूर्ति सुरुमा त मूल्यको कारण चर्चामा आयो। ‘त्यत्तिका लगानी गरेर सुँगुरको मूर्ति बनाउन किन आवश्यक थियो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा बहसकै रुपमा चुलियो। त्यो बहसलाई अहिले पूर्वका कलाकारहरुले लागतसँगै आकृतिमासमेत केन्द्रित गरेका छन्। वडा […]

आज नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका […]

मानव सेवा आश्रममा रहेका लाई कोरोना खोप

विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरूमा आश्रितहरूलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरूलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गर्नुभयो । सडक आश्रित तथा सहयोगापेक्षीहरूलाई उद्धार गरि राखिएको विराटनगर […]

उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ […]

इटहरी उपमहानगरपालिका घेराउ

इटहरी । मेयर द्वारिकलाल चौधरीले नगरवासीलाई नियमविपरीत कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले उपमहानगरपालिका घेराउ गरेको छ । बुधबार साँझ मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको नेपाली कांग्रेसले स्थानीय नेता, कार्यकर्ताहरुसहित बिहीबार बिहानै उपमहानगरपालिका घेराउ गरेको हो । बुधबार दिउँसो इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर मेयर चौधरी हिँडेको र साँझ इटहरी […]

तमोर जलाशययुक्त आयोजना अघि बढ्ने

विराटनगर । उर्जामन्त्रालयमा नयाँ जिम्मेवारी पाएर मन्त्री बनेकी पम्फा भुसालले प्रदेश १ मा दूधकोशी र तमोर जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने तयारी गरेकी छिन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले प्रदेश १ मा तमोर र दूधकोशीमा जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने बताएकी हुन् । उनले प्रत्येक प्रदेशमा अर्धजलाशय र […]

पाथीभरा क्षेत्रको खानेपानी आयोजनामा अवरोध

ताप्लेजुङ । खानेपानीको चरम अभाव रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित खानेपानी आयोजनाको निर्माणमा अवरोध भएको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद भएपछि निर्माणमा अवरोध भएको हो । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पुर्‍याउने लक्ष्यसहित नेपाल सरकारको […]

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ […]

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न […]

तेह्रथुममा गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सोक बिदा

तेह्रथुम । तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् । पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं