काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ […]
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट […]
सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट रु एक करोड बराबरको क्षति भएको […]
विर्तामोड । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा […]
सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले तत्काल कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् । शनिवार सिन्धुलीमा नेपाली कांग्रेस तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका […]
इटहरी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने दाबी गरेका छन् । आफ्नो समूह निकट प्रेस संगठनको प्रदेश १ भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले प्रतिगमनविरूद्ध लडेका दलहरूको सरकार बन्ने र त्यो नेकपा (प्रचण्ड–नेपाल ) समूहको नेतृत्व हुने बताएका […]
काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक कित्ता सेयर (आईपिओ) मा यहि फागुन २३ गतेदेखि आबेदन दिन पाईने भएको छ । कम्पनीले ६६ करोड रुपैंयाँ बराबरको ६६ लाख कित्ता सेयर निस्कासन गर्न लागेको हाे । निस्कासन गर्न लागेको कूल आईपिओको ५ प्रतिशत कर्मचारीहरुका लागि तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५९ […]
काठमाडौं । नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् । ‘प्रधानमन्त्रीसँग हाम्रो छलफल […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) विराटनगरमा हुने विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराएरै छाड्ने सन्देश दिन प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सत्ता पक्षले शक्ति प्रदर्शन र बृहत आमसभाको आयोजना गरिएको छ । उत्त आमसभामा प्रधानमन्त्री ओली आउँदैछन् । प्रधानमन्त्री केपी […]
विराटनगर । राष्ट्रिय युवा संघको अगुवाईमा प्रदेश १ को राजधानी विराटनगरमा विहीबार मोटरसाईकल ¥याली निकालिएका छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा हुने जनसभामा सहभागी हुन आउने भएकाले त्यसको प्रचारका लागि युवासंघले विहीबार विराटनगरसहित मोरङका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको हो । हजारौँको संख्यामा दिउँसो नेकपा पार्टी कार्यालयबाट निकालिए मोटरसाइकल ¥यालीले विराटनगरका मुख्य चोकहरुको […]