सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्ष र कोशी नदी क्षेत्रमा ३ हजार ७ सय २३ चरा थपिएका छन् । ‘मिडविन्टर वाटर बर्ड सेन्सस २०२५’ को प्रतिवेदनअनुसार त्यस क्षेत्रमा चराको संख्या ९ हजार २ सय ५० पुगेको छ । चराको प्रजाति संख्या भने ७६ रहेको छ । कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाका अनुसार सुरक्षित बासस्थान, पर्याप्त आहाराको उपलब्धता र […]
बुटवल । नेकपा (एमाले)ले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय बृहत् जागरणसभा गर्दैछ । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका विरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज बुटवलमा जागरणसभा गर्न लागेको हो । तीनमहिने वडा केन्द्रित ‘जरा अभियान’ चलाइरहेको एमालेले अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय जागरणसभा गर्न लागेको हो । एमालेले गत चैत ११ गतेदेखि ३० गतेसम्म […]
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बिहीबार एक यात्रुवाहक हेलिकप्टर हडसन नदीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार तीन बालबालिकासहित सबै छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘सबै छ जना पीडितहरूलाई पानीबाट उद्धार गरिएको छ,’ न्यूयोर्कका मेयर एरिक एडम्सले मिडिया ब्रिफिङमा भने, ‘दुःखको कुरा, सबै छ जना पीडितहरूलाई मृत घोषित गरिएको छ ।’ […]
सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई बेपत्ता पारिएकाे छ। गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको हो । उक्त शिशु तीन महिना अगाडि जन्मिएको हो । बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुकिसकेका थिए । घर पछाडिको रुखमा राखेको खरमा आगो लाग्यो । […]
विराटनगर । इलामको सदरमुकामस्थित जिरो किलो भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले बताए । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’ पार्किङ गरेर राखेको ट्याक्टर […]
विराटनगर । नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउने बताए । आज तेह्रथुमको तिनजुरे मिल्केमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम रहेको बताए। कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको […]
तीनजुरे । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रूपमा सुरु गरेको छ। तेह्रथुमको तीनजुरे–मिल्के क्षेत्रबाट सुरु गरिएको कार्यक्रममार्फत प्रदेश सरकारले पर्यटनलाई समृद्धिको आधारका रूपमा अघि बढाउने जनाएको छ। कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै, ती क्षेत्रको विकास गरेर राष्ट्रिय पूँजी निर्माण गर्न सकिने बताएका छन्। पर्यटन […]
विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको छ । चैत्र २७ […]
विराटनगर । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई अहिले व्यवस्था र संविधानमाथि धावा बोलिरहेका बेला सडकमा आएर थप दबाब र अन्यौलता सिर्जना नगर्न सुझाव दिएका छन् । विराटनगरमा बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले अहिले शैक्षिक क्षेत्रलाई अन्योलमा पारेर शिक्षकहरू सडकमा आइरहनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘उहाँहरूले भनेजस्तो विधेयक संसद्को आगामी […]
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । देशभरका सबै विद्यालय बन्द गरी शिक्षक कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै, त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण […]