काठमाडौं । काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ । ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको […]
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी एक बालिकाको परिचय खुलेको छ । उक्त घटनामा स्थानीय अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको जलेर निधन भएको रहेको प्रहरीले जनाएको छ । आगलागीमा दुई बालबालिकाको निधन भएको थियो । एक बालकको परिचय खुलेको छैन । आगलागी विद्युत् सर्ट भइ भएको भन्ने […]
विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ कदमा गाउँमा भएको भीषण आगलागीमा परी दुई बालबालिकाको निधन भएको छ । मृतक बालबालिकाको परिचय खुलेको छैन । आगलागीका कारण हाल सम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । […]
इलाम । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी […]
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो […]
काठमाडौं । देशभर केबलकार विस्तारको लहर छ । ताप्लेजुङको पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । तर, अनेक भ्रम फैलाउँदै ‘नो केबलकार समूह’ ले विरोध गरिहेको छ । उनीहरू भन्छन्, ‘बरु सगरमाथामा बनाउनु नि केबलकार !’ ताप्लेजुङको समृद्धिमा थप टेवा पुर्याउन निर्माण हुने केबलकारको विरोध गर्नेले व्यंग्य गर्दै भनेको यो कुरा […]
काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेका नाे केबलकार समूह र सरकारी वार्ता टोलिबीच भएको वार्ता पुन: चैत ७ गते बस्ने गरि सकिएकाे छ । सोमबार काठमाडौंमा दुई पक्ष बीच भएको वार्तामा उच्च स्तरिय वार्ता आगामी चैत ७ गते बस्ने र आवश्यकता आनुसार केबलकार निर्माण ब्यवसायीसहित वार्ता बस्ने निर्णय भएको हाे ।
सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन’, सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भनिन् । विगतमा सामान्य हावा चल्ने भए […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार […]
काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै आन्दोलन र विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले सरकारसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिलाई सम्बोधन गरेर पत्र लेख्दै वार्तामा बोलाएको थियो । त्यसपछि सरस्वता सिंघक (सरु) […]