गफले होइन, पसिनाले देश बनाउँछ : हर्क साम्पाङ

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गफ र भाषणभन्दा श्रम र कामको राजनीति आवश्यक रहेको बताएका छन्। आज विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले देश निर्माण गफले होइन, इमानदार श्रमले मात्र सम्भव हुने स्पष्ट पारे। उनले भने, “देश गफले होइन, कामले बन्छ। ठगी गरेर होइन, पसिना बगाएर बन्छ।” समाजमा सत्य बोल्ने र सुन्ने संस्कृतिको […]

ज्येष्ठ, विपन्न र असहायको सहारा बन्यो रानी आँखा अस्पताल, गर्दैछ मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

विराटनगर । स्थापनाको छोटो समयमा नै गुणस्तरीय सेवा दिएर नेपाल र भारतमा चर्चामा रहेको विराटनगरको रानी आँखा अस्पतालले ज्येष्ठ नागरिक (६५ वर्ष माथिका), विपन्न तथा असहाय नेपालीलाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा दिन थालेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा सुरु गरेको हो । दैनिक ३ जना सम्मले उक्त सेवा निःशुल्क लिइरहेको अस्पतालकी प्रशासन […]

‘बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण’ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन – यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक […]

संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनका ३३ उजुरी

किमाथाङ्का (संखुवासभा) । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका ३३ उजुरी परेका छन् । […]

पाकिस्तानमा शृङ्खलाबद्ध आक्रमण : २० जनाको मृत्यु

काठमाडौँ । अफगान सीमामा चुलिँदो तनावकैबीच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतंकवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् । पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता […]

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे कस्तो हुनेछ सजाय ?

काठमाडौं । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए २ लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म […]

कर्णालीमा १५००० बढी सुरक्षाकर्मी परिचालन

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरू चुनावमा परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार सो सङ्ख्यामा प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएको बताए । पाँच हजार ५८० नेपाल प्रहरी र नौ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् । कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा […]

विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ । विभागमा साँझ अभिलेख भएको तथ्यांक अनुसार […]

राष्ट्रिय खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ उपचारका लागि सहयोगको अपिल

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर चोटका कारण पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहँदै आएकी छन्। घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेपछि उनलाई जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको हो। सोचेअनुसार उपचार प्रक्रिया अघि बढ्न नसक्दा शल्यक्रिया अझै हुन सकेको छैन। यसअघि अखिल नेपाल […]

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु (धादिङ) । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो । भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा