पाँचथर । पाँचथरमा माध्यामिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कुमार राई (प्रताप)लाई ३२ मत अन्तरले हराउँदै जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं ४ स्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ पाँचथर प्रदेश क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनी […]
दार्चुला । भारतले व्यास गाउँपालिका–१ छाङरु जान बाटोको अनुमति नदिएपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीको टोली नेपालकै बाटोबाट त्यसतर्फ प्रस्थान गरेका छन्। भारतको बाटो भएर जाँदा एक दिनमा पुगिने छाङरु पुग्न टोलीलाई तीन दिन लाग्ने सूचना अधिकारी जनकसिंह बोहोराले बताए। ‘पटकपटक आग्रह गर्दा पनि भारतले अनुमति नदिएपछि लामो र अप्ठ्यारो बाटोबाटै गणना टोली पठाएका हौं,’ […]
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । अपरान्ह पौने ५ बजे सुरु हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु […]
काठमाडौं । नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो । आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार […]
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् । सुरुको […]
काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सचिवमै आफ्नो दाबी स्वाभाविक रहने बताएका छन् । उपाध्यक्ष पदमा आफूले दाबी गर्ने बेला नभएको र त्योभन्दा तलको पदमा आफूभन्दा ‘सिनियर’हरू रहेकाले सचिवमै दाबी रहने उनले बताए । एमालेको विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता र एक वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव पदाधिकारी रहन्छन् । […]
काठमाडौं । राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, […]
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी एमालेले […]
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर […]
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवशेनले विधान महाधिवशेनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तावको अपनत्व ग्रहण गर्ने छ। सचिव एवं एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनबाट सर्वसम्मत ढंगबाट पारित भएका तीन वटै दस्तावेजको राष्ट्रिय महाधिवेशनले अपनत्व ग्रहण गर्ने स्पष्ट पारे। ‘महाधिवेशनको उद्घटन सत्रपछि तीन वटै प्रस्ताव टेबल हुनेछन् । ती […]