राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई १ लाख जरिवाना

काठमाडौं । राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् । उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले […]

विमान चार्टर्ड गरेर काठमाडौं आउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी ३ बजे काठमाडौं ओर्लने बताइएको छ । उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् । जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मोरङ एमाले अधिवेशनमा संस्थापनलाई धक्का, ढकाल पक्षको प्यानल विजयी

विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ । ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । […]

कांग्रेस पाथीभरा केबलकारको पक्ष

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको पक्षमा उभिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो । ‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘वार्ता गर्न र त्यहाँ देखिएका […]

माओवादीको जागरण अभियानका लागि मोरङमा विद्यालय बन्द गर्न दबाब

विराटनगर । नेकपा माओवादी केन्द्रद्वारा सुरु गरिएको तराई–मधेश जागरण अभियान मोरङ प्रवेश गरेको छ। माओवादीले कानेपोखरी गाउँपालिकाका चार विद्यालयलाई पत्र पठाएर नै फागुन १३ गते विद्यालय बन्द गर्न दबाब दिएको छ। पार्टीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको उपस्थितिमा हुने बृहत जनसभाका कारण विद्यार्थी प्रभावित हुने भन्दै पल एकेडेमी, बालजगत इङ्लिस बोर्डिङ, […]

गलत जानकारी पाएकाले योगेश भट्टराईका विषयमा गलत बोल्न पुगेँ : पृथ्वी लिम्बू

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बुले आफूलाई गलत सूचना दिएकाले पाथीभरा क्षेत्रमा बनिरहेको केबलकारको जग्गाको विषयमा गल्ति बोल्न पुगेको स्वीकारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आइतबार विहान सञ्चारकर्मी ऋषी धमलासँग कुरा गर्दै सदस्य लिम्बुले पाथीभरामा केबलकार निर्माणका लागि जग्गा खरिद गर्दा घोटला भएको र उक्त जग्गा एमाले सचिव तथा […]

‘नो केबलकार’ पक्षलाई सरकारले गरेकाे अनुरोधमा के छ ? (विज्ञप्तिसहित)

काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा रहेको ‘नो केबलकार समूह’ लाई सरकारले वार्ताका लागि बोलाएको छ। गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार सूचना जारी गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन अनुरोध गरेको हो। ‘सामाजिक, धार्मिक, सांस्कृतिक र स्थानीय समुदायका समस्या समाधान गर्न केबलकार निर्माण हाललाई स्थगित गरी शान्तिपूर्ण वार्ताको पहल गर्न आग्रह गर्छु,’ […]

ताप्लेजुङ घटना : पक्राउ परेका १५ जनालाई ७ दिन म्याद थपियो, अनुसन्धान गर्दै प्रहरी

ताप्लेजुङ । प्रहरीसँगको झडपपछि शनिबार राती फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’ समूहका १५ जनालाई आइतबार ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । हुलदंगा र अपराधिक उपद्रव कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । मुलुकी अपराध संहिता […]

कानुन अनुसार नै केबलकार बनाउने जिम्मा दिएको हो, बिर्सन हुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारका नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताएका छन् । आइतबार सदनमा बोल्दै उनले यसको विवादबारे संसद्बाट ध्यानाकर्षण गराएका हुन् । ‘ताप्लेजुङमा कुबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद […]

राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालो झण्डा

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् । जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं