Lite Nepal

आइतबार, आषाढ १४, २०७७

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ ।

शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।

रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ ।

बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे ।

शीर्ष स्थानमा पुगेको बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । तर एक खेल कम खेलेको रियाल मड्रिडको ६८ अंक छ ।

रियालले आइतबार राति स्पानियोलसंग उसैको मैदानमा खेल्दैछ । स्पानियोल जारी सिजनको सबैभन्दा कमजोर टिम हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं