Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

न्यूजिल्याण्ड । कोरोना भाइरसको महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिनापछि धकेलिएको छ। प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गरेकी हुन् ।

न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमचुनाव हुँदै थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ज्यासिन्डाले सोमबार चुनावको नयाँ मितिले पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीतिहरु बनाउन तथा चुनावी अभियान चलाउन अवसर दिने बताएकी छन् ।

यो हप्ताको सुरु कोरोना भाइरसका संक्रमति पुनः देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु गरिएको थियो ।

आइतबारसम्म न्यूजिल्याण्डमा एउटै क्लस्टरसँग जोडिएका कोरोना भाइरसका ४९ संक्रमित पत्ता लागेका छन्।

न्यूजिल्याण्डमा कुल संक्रमितको संया १६ सय २२ रहेको छ । अहिलेसम्म कोभिड–१९ का न्यूजिल्याण्डमा २२ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा