Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप विश्वमै सबैभन्दा पहिला विकास गरेको दावी गर्दै आएको रुसले खोपको पहिलो खेप उत्पादन गरेको छ ।

केही मुलुकका वैज्ञानिकहरुले भने रुसलाई खोप उत्पादनका लागि हतारमा अनुमति दिएर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमाथी खेलवाड गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन । खोपको तेस्रो चरणको परीक्षण बिना नै उत्पादनको अनुमति दिइएको बीबीसीले उल्लेख गरेको छ ।

तेस्रो चरणको परीक्षणमा हजारौं मानिसहरुलाई सहभागी गराइन्छ । खोपले औपचारिक रुपमा मान्यता पाउने या नपाउने भन्ने विषयमा यो चरण निकै महत्पूर्ण मानिन्छ । तर रुसले भने यहि महिनाको अन्त्यसम्म खोप आउने र यो खोप विश्वकै पहिलो कोरोनाविरुद्धको खोप हुने दावी गर्न छाडेको छैन ।

राष्ट्रपति भ्लादिमिर पुटिनले पनि खोप बारे निकै जोड दिंदै यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन । आफ्नी छोरीलाई पनि यो खोप लगाइएको बताउँदै, खोप लगाएपछि छोरीलाई राम्रो महसुस भएको उनले जानकारी दिएका छन । उत्पादनसमेत सुरु गरिसकेको यो खोपको नाम रुसले ‘स्पुतनिक–५’ राखेको छ ।

स्पुतनिक अन्तरिक्षमा गएको पहिरो रसियाली भू–उपग्रहको नाम हो । ‘स्पुतनिक–५’ भ्याक्सिन विकास गरेको गामेलाय ईन्स्टिच्युटले डिसेम्बरदेखि जनवरीसम्म प्रति महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्ने बताएको छ ।

अमेरिका, ब्राजिल, भारतलगायतका मुलुकहरु कोरोनाबाट अधिक मात्रामा प्रभावित छन । अमेरिका र ब्राजिलले त यो भ्याक्सिन प्रयोग नगर्ने घोषणा नै गरिसकेका छन । भारतले पनि यो खोप प्रयोग गर्ने नगर्ने बारे कुनै औपचारिक धारणा ब्यक्त गरिसकेको छैन ।

तर फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने, ‘स्पुतनिक–५’ भ्याक्सिनमाथी पूर्ण रुपमा विश्वास ब्यक्त गर्दैै आफ्नो मुलुकमा लागु गर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा