Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।

भारतको हैदराबादबाट आई गत २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको गएराती मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदयन गरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालको भनाई छ ।

फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा