Lite Nepal

मंगलबार, भाद्र ०२, २०७७

वासिङटन । चुनावी अभियानमा व्यस्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जोडी यतिबेला अर्को एक फरक घटनाका कारण चर्चामा छन् ।

घटना सानै हो । र निजी पनि । यही आइतबार ट्रम्प र उनकी पत्नी मेलानिया एक कार्यक्रममा जाने क्रममा विमानबाट ओर्लँदै थिए । ओर्लँदै गर्दा मन्द हावाको सिरेटोले उनीहरुको कपाल र कपडा अव्यवस्थित बनाइदिएको थियो ।

हावाको झोक्काले मेलानियाको त कपालले पूरै अनुहार छोपिदिएको थियो । उनी दायाँ हातले कपाल मिलाउँदै वायाँ हातले ब्याग समातिरहेकी थिइन् । यस्तैमा ट्रम्पले उनको वायाँ हात समात्न खोजे ।

कोटको टाँक मिलाएर ट्रम्पले जब मेलानियाको हात समात्न खोज्दै थिए, मेलानियाले ट्रम्पको हात बिस्तारै हुत्याइदिइन् । एक पटक हैन, पटक पटक मेलानियाको हात समात्ने ट्रम्पको प्रयास विफल बन्यो ।

यस्तो रोचक दृश्य देखिने भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोबारे अनेक टिप्पणी हुन थालेको छ ।

खासमा मेलानियाले किन ट्रम्पको हात समात्न इन्कार गरेकी थिइन् । त्यसो त, ट्रम्पले मेलानियाको हात समात्न खोजेको र मेलानियाले इन्कार गरेको यो पहिलो पटक हैन ।

यसअघि २०१९ मा पनि उनीहरुको यस्तै भिडियो सार्वजनिक भएको थियो । ट्रम्प र मेलानिया सँगै उभिएर फोटो खिच्ने क्रममा ट्रम्पले हात समात्ने प्रयास गरेको र मेलानियाले इन्कार गरेको तस्बिरले यसै गरी सामाजिक सञ्जालमा चर्चा पाएको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं