Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । के तपाई निषेधाज्ञाकैबीच विवाह गर्ने सुरसारमा हुनुहुन्छ ? उसो भए ख्याल राख्नुहोस्।

काठमाडौँ जिल्ला प्रशासनले विवाहका लागि ७ जना भन्दा बढी जन्ती लैजान नपाउने जनाएको छ। सिडिओ कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ ।

तर मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि कति जनासम्म सहभागी हुन पाउने भन्ने उल्लेख गरिएको छैन ।

यसबाहेक दैनिक उपभोग्य वस्तुहरु, कृषि तथा पशुपञ्जी सम्बन्धी कार्य, बैंक तथा वित्तीय कारोबार, बीमासम्बन्धी कार्य, औषधिजन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स सेवा, कुटनैतिक नियोग, टेलिफोन सेवा, विद्युत जस्ता सेवा सञ्चालनका लागि सहजीकरण हुने सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको समयमा अति आवश्यक सेवाहरु सञ्चालनका लागि सम्बन्धित निकायबाट जारी भएको फोटोसहितको परिचयपत्र तथा कार्य प्रयोजन खुल्ने सामग्री लिइ हिँडेका सवारीसाधनलाई आवश्यक सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

उपत्यकामा गएराति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा