Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

विराटनगर । मनमोहन प्राविधिक विशवविद्यालयलाई विराटनगर –१४ स्थित विराट क्याम्पसको शैक्षिक कार्यक्रम, सम्पत्ति र दायित्व आज हस्तान्तरण गरिएको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करीब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेललाई हस्तान्तरण गरे ।

सो अवसरमा विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्याम्पसको विगतको शैक्षिक उचाइलाई कायम राखी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्ने बताउँदै पाठ्यक्रम तयारीमा रहेको र शैक्षिक कार्यक्रम सञ्चालन गर्न एकदेखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकार र विश्वविद्यालयले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने जानकारी दिए ।

विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको लक्ष्य पूरा गर्न यस क्षेत्रमा शैक्षिक विकासका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विराट क्याम्पसका अध्यक्ष भूराज राईले शिक्षामा योगदान दिन नाफारहित उद्देश्यले विसं २०४८ मा स्थापित क्यापसको भावनानुरुप विश्वविद्यालयलाई योगदान पुर्याउन आग्रह गरे ।

विराटनगर–१४ स्थित क्याम्पसका नाममा १५ कठ्ठा १० धुर जग्गामा दुईतले भवन छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा