Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । रिएजेन्ट किन सकिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको पीसीआर जाँच गर्ने मेसिन बन्द भएको छ ।

प्रदेश प्रयोगशालामा ठूलो पीसीआर मेसिन र साना पोर्टेबल तीनवटा मेसिनबाट कोरोना जाँच हुँदै आएको थियो ।

तर बिहीबारबाट एकै पटक ९६ वटा नमुना जाँच गर्न सक्ने मेसिन बन्द भएको प्रदेश प्रयोगशाला निर्देशक जयबेन्द्र यादवले बताए ।

ठूलो मेसिन सञ्चालनमा आउँदा ल्याबले दैनिक ८ सय सम्म पीसीआर जाँच गरेको थियो ।

तर बन्द भएपछि पीसीआर जाँचको क्षमता घटेको छ ।

साउन पहिलो साता स्वीस सरकारले प्रदेश १ लाई दुई वटा पीसीआर मेसिन दिएको थियो । सोही मेसिनको रिएजेन्ट लोइल प्लेट सकिएको हो ।

‘मेसिनसँगै आएको प्लेटले यतिका दिनसम्म पुग्यो’ उनले भने ‘एउटै कम्पनीको प्लेट प्रयोग गर्नुपर्ने रहेछ सो मेसिनको प्लेट बजारमा पाइएन ।’

उनले मंगलबारसम्म आइपुग्ने बताए । ‘मेसिन दुबई हुँदै आउने सप्लायर्सले बताएका छन्’ उनले भने ‘हामीले बुझ्दा दुबईबाट आउने प्लेनमा ल्याउने तयारी छ भन्थे, प्लेन रित्तै आएका कारण अर्काे प्लेनमा ल्याउँछ भन्दैछन् ।’

रिएजेन्ट सकिएका कारण बिहीबार प्रदेश १ मा १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा