Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । विराटनगर-६ सरोचियास्थित ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ ।

घरकै होमआइसुलेशनमा रहेकी संक्रमित महिलाको बिहीबार राती ८ बजे मृत्यु भएको वडाअध्यक्ष बिजय कामतले जानकारी दिए ।

भदौ ३ गते मृतक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आइसुलेशन खाली नभएपछि संक्रमित महिला घरकै होमआइसुलेनमा रहेकी थिइन् ।

दिर्घरोगी रहेकी संक्रमित महिलालाई श्वाप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडाअध्यक्ष कामतले बताए ।

घरकै होमआइसोलेशनमा मृत्यु भएको प्रेदशमा यो पहिलो घटना हो ।

संक्रमित राखेर उपचार गर्ने आइसोलेशन भरिएपछि महानगरपालिका भित्र ३ सय ४१ जना होम आइसोलनमा छन् ।

संक्रमितको संख्या ७ सय ४५ रहेको छ ।

यो संगै विराटनगरमा कोरोना संक्रमण कारण मृत्यु हुने संख्या ९ पुगेको छ । blastkhabar

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा