Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं । कोरोना महामारीसँग जुध्न काठमाडौं, ललितपुर र भक्तपुरका लागि सरकारले एकीकृत ‘क्वारेन्टिन’ व्यवस्थापन समिति गठन गरेको छ ।

शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाका गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समित गठन गरेको बताए ।

उहाँले कोभिड-१९ नियन्त्रणका लागि तीनै तहको समन्वय गरी परिचालन गर्ने निर्णय भएको र स्थानीय प्रशासनलाई ‘प्रोटोकल’ पालना भए/नभएकोबारे अनुगमन र मोबाइल गस्तीसमेत गराइने भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षा नअपनाउनेहरुलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकारसमेत दिएको छ ।

बैठकले निजी, सामुदायिक, सहकारीलगायतका स्वास्थ्य संस्थाले कोरोनाको उपचार नगरेर अवरोध सृजना गरे कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले ‘पीसीआर’ परीक्षण सहज भएका देशहरुबाट शर्तसहित भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णयसमेत गरेको छ । दैनिक ५०० सम्म यात्री ल्याउन पाउने निर्णय गरेको हो ।

उनीहरुको ७२ घन्टाभित्र पीसीआर परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको हुनुपर्नेछ ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरुमा ‘चार्टर फ्लाइट’मात्र सञ्चालन गरिने उनले बताए ।

काठमाडौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने र त्यसको सबै खर्च एअरलाइन्सले व्यहोर्नुपर्ने सरकारले जनाएको छ ।

निर्णयहरु पढ्नोस्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं