Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

भोजपुर। भोजपुरको अरूण गाउँपालिकामा रहेको होल्डिङ्ग क्षेत्रमा राखिएका तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएकाहरूमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्।

उनीहरू तीनैजना भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका हुन्। उनीहरूलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा रहेको होल्डिङ क्षेत्रमा राखिएको थियो। होल्डिङ क्षेत्रमा राखेर पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईँटेलले बताए।

भदौ ३ गते उनिहरूसहित जरायोटारको होल्डिङ क्षेत्रमा रहेका ३० जना र जिल्लामा अग्रपंक्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, विदामा गएर फर्किएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यसअघि, भोजपुरको हतुवागढी गाउँपालिकाको होम्ताङमा एक जना, होल्डिङ क्षेत्र अरुण गाउँपालिकाको जरायोटारमा षडानन्द नगरपालिका ८ र १२ का ५ जना गरी ६ जनालाई कोरोना पुष्टि भएको थियो। हाल उनीहरू कोरोना संक्रमणमुक्त भइसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं