Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

भोजपुर। भोजपुरको अरूण गाउँपालिकामा रहेको होल्डिङ्ग क्षेत्रमा राखिएका तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएकाहरूमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्।

उनीहरू तीनैजना भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका हुन्। उनीहरूलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा रहेको होल्डिङ क्षेत्रमा राखिएको थियो। होल्डिङ क्षेत्रमा राखेर पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईँटेलले बताए।

भदौ ३ गते उनिहरूसहित जरायोटारको होल्डिङ क्षेत्रमा रहेका ३० जना र जिल्लामा अग्रपंक्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, विदामा गएर फर्किएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यसअघि, भोजपुरको हतुवागढी गाउँपालिकाको होम्ताङमा एक जना, होल्डिङ क्षेत्र अरुण गाउँपालिकाको जरायोटारमा षडानन्द नगरपालिका ८ र १२ का ५ जना गरी ६ जनालाई कोरोना पुष्टि भएको थियो। हाल उनीहरू कोरोना संक्रमणमुक्त भइसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा