Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ ।

एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाडौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

उनले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभमूल्यमा सेवा दिने बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए ।

उनले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुन पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताए ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ ।

मन्त्रालयले क्याम्पससँग जग्गाप्राप्ति सम्बन्धि आइतबार सम्झौता गरेको छ ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा