विराटनगर । विराटनगर महानगरपालिका–६ का व्यापारी विनोद केसरीको घरमा सशस्त्र प्रहरीले छापा मारेको छ। छापाको क्रममा भन्सार छली गरी ल्याइएको आशंका गरिएका ठूलो परिमाणका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, मोरङले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानमध्ये करिब ३८ बोरा किराना सामग्री रहेको प्रारम्भिक विवरण छ। बरामद सामानको मूल्यांकन भने हुन बाँकी रहेको बताइएको छ। बरामद सामग्री भन्सार छलीसँग सम्बन्धित भए नभएको तथा सामानको वास्तविक मूल्य र परिमाणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
