Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको हो।

मन्त्रालयका अनुसार एक मलिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो।

प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ।

सँगै सिरहाका २२, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो।

काठमाडौंका १९९, भक्तपुरका १४ र ललितपुरका १९ गरेर उपत्यकामा २३२ सहित पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए।

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्।

संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ।

होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ।

क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।

२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा