काठमाडौं । देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ।
आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ।
आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त स्थान आसपास भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।