Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त स्थान आसपास भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं